दशैं बिदा सकियो, टीकाटालो जारी

दशैं बिदा सकियो, टीकाटालो जारी

विजया दशमीको चौथो दिन आज पनि हिन्दु धर्मावलम्बीहरुले मान्यजनको हातबाट दशैंको टीका, जमरा लगाएर आशिर्वाद थाप्ने क्रम जारी छ । दशैंको टीका विजया दशमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ । यो वर्षको कोजाग्रत पूर्णिमा भोलि परेको छ । 

आजदेखि सरकारी कार्यालयहरू खुलेका छन् । फूलपातीदेखि हिजोसम्म बिदा रहेका कार्यालय आजदेखि खुलेका हुन् । 

अदालत र विद्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म बिदा दिइएको छ ।

टिप्पणीहरू