गण्डकीमा कात्तिक १ गते सार्वजनिक बिदा

गण्डकीमा कात्तिक १ गते सार्वजनिक बिदा

बडादशैँको अन्तिम दिन कात्तिक १ गते  गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सूचना जारी गर्दै कोजाग्रत पूर्णिमाका दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द रहने जानकारी गराएको छ ।

‘गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८०-१२-०९ को निर्णयानुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम मिति २०८१ कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सबैलाई जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू