लेबनानले गरेको युद्ध विराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

लेबनानले गरेको युद्ध विराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायसँग युद्ध विरामको प्रस्ताव गरेका छन् । 

लडाईको ९ महिनामा दुई हजार नागरिकले ज्यान गुमाएकोमा दु:ख व्यक्त गर्दै उनले शान्तिका लागि आह्वान गरेका हुन् । दीर्घकालीन शान्ति स्थापनाको लागि आफू कदम चाल्न तयार रहेको मिकातीले बताएका छन् । 

उनको भनाईलाई उदृत गर्दै पोलिटियोले लेखेको छ, ‘यसप्रकारको युद्धले दुवै देशका नागरिकको जीवन खतरामा छ, यो बन्द गरौँ । शान्तिको लागि नयाँ कदम चालौँ ।’

सभामुख नबिह बेरीले पनि इजरायलसँग शान्तिपूर्ण वार्ताको माध्यमद्वारा जारी युद्धको अन्त्य गर्नुपर्ने धारणा राखेका छन् । 

तर, इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुँले भने युद्ध विरामको आह्वानलाई वेवास्ता मात गरेका छैनन् आक्रमण थप तिब्र पारेका छन् । हिजो उत्तरी लेबनानको त्रिपोलीमा हवाइ हमलापछि उनले दोहोर्याएका छन्, ‘हिजबुल्लाहका अड्डा भएका सबै क्षेत्रमा क्रूर हमला गरिनेछ, यो रोकिदैन ।’

पछिल्लो समय लेबनानमाथि इजरायलको आक्रमण निरन्तर जारी छ । अस्ति दक्षिणी लेबनानमा शान्ति सेनाको आधार शिविरमा प्रवेश गरेर इजरायली सेनाले गोलाबारुद गरेको थियो । जसमा एक दर्जन सेना घाइते भएका छन् । 

हिजो फेरि उत्तरी लेबनानको त्रिपोलीमा हवाइ आक्रमण गर्दा २१ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

टिप्पणीहरू