अमेरिकी कनिष्ठमन्त्री यता, सशस्त्रका वरिष्ठ अधिकृतहरु उता

अमेरिकी कनिष्ठमन्त्री यता, सशस्त्रका वरिष्ठ अधिकृतहरु उता

एकजना अमेरिकी उपसहायक मन्त्री नेपाल भ्रमणमा आएकी छन् । मध्य तथा दक्षिण एसिया मामिला उपसहायक मन्त्री एलिजावेथ क्याथरिन होर्स्ट काठमाडौं आएकी हुन् । 

कतार एअरवेजको उडानमा दोहा हुँदै हिजो अपरान्ह पौने ५ बजे आइपुगेकी उनी प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी पनि हुन् । पाकिस्तान ब्युरोसमेत उनकै जिम्मामा रहेको बताइन्छ । 

कतार एअरवेजकै उडानमा दोहा हुँदै सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको नौ सदस्यीय टोली अमेरिकाको बोस्टन गएको छ । शनिबारदेखि मंगलबारसम्म बोस्टनमा हुन लागेको प्रहरी प्रमुखहरुको अन्तर्राष्ट्रिय संगठनको सम्मेलनमा भाग लिन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक सम्वृद्धि बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक सत्यदेवी बस्नेत रहेको नौ सदस्यीय टोली गएराति साढे २ बजे दोहा हुँदै त्यसतर्फ गएको हो ।

टिप्पणीहरू