खनिज उत्खनन्को लाइसेन्स नवीकरण गर्न अन्तिम मौका
खानी तथा भूगर्भ विभागले खनिज उत्खनन् अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्ने कम्पनीसँग स्पष्टीकरण सोधेको छ ।
विभागले आज सार्वजनिक सूचना निकालेर खनिज उत्खनन् र खोजतलास कार्यका लागि लाइसेन्स पाएका तर नवीकरण नगरेका व्यक्ति तथा कम्पनीलाई आगामी ३५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो । तोकिएको समयमा चित्तबुझ्दो प्रष्टीकरण पेश नगरे प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने विभागको चेतावनी छ ।
खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा सोको नियमावली, २०५६ मा खनिज उत्खनन् र खोजतलास अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा ७ र नियमावलीको नियम ४२ को व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अनुमतिपत्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।
तर, कतिपय व्यक्ति वा कम्पनीले म्याद सकिएपनि अनुमतिपत्र नवीकरण गराएका छैनन् ।
टिप्पणीहरू