कम्युनिष्ट कार्यकर्ता बन्न उता कठोर, यता सजिलै

कम्युनिष्ट कार्यकर्ता बन्न उता कठोर, यता सजिलै
सुन्नुहोस्

नेपालमा अन्य पार्टीका नेता तथा कार्यकर्ता र कम्युनिष्टबीच भिन्नता हराउन थालेको छ । नाममा कम्युुनिष्ट र गैर कम्युुनिष्ट पार्टीका सदस्य भनिए पनि व्यवहारमा तात्विक भिन्नता देखिँदैन । हाम्रो सन्दर्भमा पछिल्लो दशकदेखि कम्युनिष्ट र अन्यको उठबस,खानपान,रहनसहन, जीवनशैली, पार्टी पद्दति र व्यवहार सबै ‘बराबरी’ को अवस्थामा पुगेको छ । 

यस्तो अवस्थामा नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाई प्रान्तीय कमिटीका सचिव छन् काङले कम्युनिष्ट पार्टीको सदस्यदेखि नेतासम्म बन्न आवश्यक कठोर अनुशासनको अनुपम नमूना संक्षेपमा प्रस्तुत गर्नुभएको छ । हिजो राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले आफ्नो बाल्यकालदेखि आजको दिनसम्मका राजनीतिक मेहनत,परिश्रमको उदाहरण दिँदै मुलुक र जनताको जीवनमा चिनियाँ कम्युनिष्ट पार्टीले ल्याएको सुखद् परिणामलाई दृश्यसहित प्रस्तुत गर्नुभएको थियो ।

अधिकांश एमाले,माओवादीलगायत विभिन्न साना वामपन्थी दलका सांसद तथा तेस्रो तहका नेताहरु उपस्थित कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको गत जुलाईमा सम्पन्न २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट पारित नीतिवारे उहाँ सचित्र वर्णन गर्दै हुनुहुन्थ्यो । राजधानी पैचिङमा उच्च शिक्षा अध्ययन क्रममा विश्वविद्यालय भर्ना,कम्युनिष्ट पार्टीको समर्थक, शुभेच्छुक, सदस्य,नगर कमिटी सदस्य हुँदै आज केन्द्रीय सदस्य र प्रान्तीय कमिटीको सचिवको जिम्मेवारीमा रहेर पार्टी निर्देशनको पालना, जनमानसमा पारिएको प्रभाव र समाजको विकासबारे उहाँले अनुभूति साट्नुभयो । 

‘हालै प्रान्तीय राजधानी सिनिङ पुगेको नेपाली सञ्चारकर्मीहरुको टोलीले त्यहाँको विकास,जनजीवन र सामाजिक अवस्थाको प्रत्यक्ष अनुभव गरेको छ । यसबारे मैले के नै चर्चा गर्नुपर्छ र !’

चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा सरकारले ७५ वर्षबीच समग्र विकासमा ऐतिहासिक उपलब्धी प्राप्त गरेको उहाँको दावी छ । विकासमा निकै पछाडि रहेको उत्तर पश्चिमको पठार क्षेत्र छिङहाइले पछिल्लो दुई दशकदेखि बल्ल विकासमा फड्को मार्न थालेको हो । हरित विकास, स्वच्छ ऊर्जा,पर्यावरण संरक्षणमा छिङहाई अग्र स्थानमा पुगेको छ । चीनका अधिकांश ठूला नदीको मुहान मानिने र उक्त प्रान्तबाट निस्केको ह्वाङ हो नदी झण्डै पाँच हजार किलोमीटरको यात्रापछि पूर्वी चीनको साङहाई नजिकै समुन्द्रमा पुग्छ । 

सचिवले भन्नुभयो, ‘हालै प्रान्तीय राजधानी सिनिङ पुगेको नेपाली सञ्चारकर्मीहरुको टोलीले त्यहाँको विकास,जनजीवन र सामाजिक अवस्थाको प्रत्यक्ष अनुभव गरेको छ । यसबारे मैले के नै चर्चा गर्नुपर्छ र !’ सोही क्रममा बालबच्चा नभएकी एक्ली ८० वर्षीया वृद्ध महिलाले चिनियाँ कम्युनिष्ट पार्टीका कारण आफ्नो भविश्य सुरक्षित र दैनिकी सहज भएकोमा उहाँलाई धन्यवाद दिएकी थिइन् । ‘मलाई चिन्नुहुन्छ ?’ भनेर छन् काङले सोध्दा वृद्धाले कम्युनिष्ट पार्टी र उसले ल्याइदिएको सम्पन्नताका निम्ति आभार प्रकट गरेकी थिइन् ।

चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सि चिनफिङ्गको नेतृत्वअन्तर्गत  विशेषगरी छिङहाई,कान्सु, तिब्बतलगायत उत्तर पश्चिमी प्रान्तहरुमा ५० औं करोड जनतालाई गरिबीको चेपुवाबाट बाहिर निकालिएको छ । चीन सरकारले छिङहाईको विकासमा समग्र बजेटको ८५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको समेत बुझिएको छ । उहाँले भन्नुभयो, ‘पार्टी महासचिव तथा राष्ट्र प्रमुख सिले हालै गर्नुभएको प्रान्त भ्रमणमा मलाई समग्र विकासको नेतृत्व,दायित्व,जिम्मेवारी र अनुगमनका लागि विशेष निर्देशन दिनुभएको छ । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको निर्णय प्रान्तको विकासमा समर्पणका लागि निरन्तर लागिपरेको छु ।’

 

टिप्पणीहरू