चीन–भारत सम्बन्धमा थपियो तिक्तता, एक चीन नीतिको पालना गर्न आग्रह

चीन–भारत सम्बन्धमा थपियो तिक्तता, एक चीन नीतिको पालना गर्न आग्रह

ताइवानलाई मुम्बईमा वाणिज्य दूतावास खोल्न अनुमति दिएपछि चीन र भारतबीचको सम्बन्धमा नयाँ तनाव थपिएको छ । भारतको चेन्नई र नयाँ दिल्लीपछि मुम्बईमा ताइवानको तेस्रो वाणिज्य दूतावास खोलिएको छ ।

उता चीनले ताइवानका मुद्दाहरूमा सावधानी अपनाउन भारतलाई आग्रह गरेको छ । आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता माओ निङले ताइवानसँग आधिकारिक सम्पर्कमा संलग्न हुने कुनैपनि मुलुकले चालेको कदमप्रति चीनको विरोध रहने जानकारी दिएकी छन् ।

ताइवानसम्बन्धी मुद्दाहरूलाई सावधानीपूर्वक अपनाउन भारतलाई आग्रह गर्दै भनिएको छ, ‘एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई कडाइका साथ पालना गरियोस् । ताइवान चीनको अभिन्न अंग रहेको कारण भारतले ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक वार्ता गर्न नहुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’

टिप्पणीहरू