सिनेमा हेर्नलाई दिएकोजस्तै भयो आजको शोकबिदा
सरकारले पूर्वसभामुख स्वर्गीय दमननाथ ढुंगानाको सम्मानमा आज सार्वजनिक बिदा दिएको छ । बिहान ९ बजे बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिदा दिने निर्णय गरेको खबर साढे ९ बजेपछि बल्ल सार्वजनिक भएको थियो ।
१० बजेदेखि कार्यालय समय भएकाले सरकारी कर्मचारीहरु केही कार्यालय पुगिसकेको र केही बाटैमा जाँदै गरेको अवस्थामा थिए । क्याबिनेटले बिदा दिने निर्णय गरेपछि अन्योल थपियो । सरकारले हतारमा निर्णय गरेको भन्दै बिहानदेखि आलोचना जारी छ ।
सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु बिहान ९ बजेदेखि १० बजेको बीचमा खुलिसकेका हुन्छन् । अधिकांश कर्मचारी साढे ९ बजेदेखि १० बजेभित्र कार्यालय पुगेपछि मात्रै बिदाबारे जानकारी पाएका थिए । अलमल र अन्योलका कारण कर्मचारीहरू बिदाको फाइदा उठाउँदै सिनेमा हलतिर लागेको पनि पाइयो ।
आज अस्वाभाविक संख्यामा कर्मचारीहरु फिल्म हेर्न आएका थिए । उनी भन्छन्,‘अघिपछि पनि दर्शक त आउँछन् नै,तर कर्मचारीकै ड्रेसमा आएका थिएनन् । आज सार्वजनिक बिदा परेर होला,धेरै दर्शक औपचारिक ड्रेसमा हलभरि देखिए ।’
काठमाडौँसहित केही शहरका सिनेमा हलमा मध्यान्ह १२ बजेपछिको शोमा कर्मचारीहरुको भीड लागेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ र ‘ह्रस्वदीर्घ’ प्रदर्शन भएकाले कर्मचारीले आफ्नो इच्छाअनुसारको फिल्म हेरेको बिग मुभिजका एक कर्मचारीले जानकारी दिए ।
उनका अनुसार आज अस्वाभाविक संख्यामा कर्मचारीहरु फिल्म हेर्न आएका थिए । उनी भन्छन्, ‘अघिपछि पनि दर्शक त आउँछन् नै, तर कर्मचारीकै ड्रेसमा आएका थिएनन् । आज सार्वजनिक बिदा परेर होला, धेरै दर्शक औपचारिक ड्रेसमा देखिए ।’
त्यस्तै,क्युएफएक्स स्रोतले पनि आजको अधिकांश टिकट सरकारी पोशाक लगाएका कर्मचारीहरुले किनेको बताए । उनका अनुसार महिला कर्मचारीहरु पनि कार्यालयको ड्रेसमै देखिन्थे ।
‘कतिपयले पूर्णबहादुरको सारङ्गीको टिकट लिए,कतिपयले ह्रस्व दीर्घको । जे होस्, अकस्मात बिदा भएकाले होला आइतबार पनि नसोचेको भीड लाग्यो’, उनले भने ।
टिप्पणीहरू