चीनलाई चिढ्याउँदै अमेरिका र फिलिपिन्स
अमेरिका र फिलिपिन्सले वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने भएका छन् । दुबै मुलुकका रक्षा मन्त्रीहरुले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि नजिकैको चीन सशंकित भएको टिप्पणी गरिँदै छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र फिलिपिनो समकक्षी गिल्बर्टो टिओडोरोले मनिलामा राष्ट्रपति फर्डिनान्ड मार्कोसको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अमेरिकालाई फिलिपिन्समा थप हतियार बिक्रीको लागि मार्ग प्रशस्त भएको छ ।
फिलिपिन्सको रक्षा मन्त्रालयले सम्झौतालाई सूचना साझेदारी बढाउने महत्वपूर्ण कार्य भन्ने प्रतिक्रिया दिएको छ । उता दक्षिण चीन सागरको ठूलो भागलाई बेइजिङले आफ्नो ठान्दै आएको छ । यता फिलिपिन्सले चीनको दाबीलाई अस्वीकार गर्दै आएको परिप्रेक्ष्यमा अमेरिकासँग भएको पछिल्लो रक्षा सम्झौतालाई अर्थपूर्ण ठानिएको छ ।
अमेरिकी रक्षामन्त्री अस्टिनले पश्चिमी टापु पलावनको भ्रमण गर्दै दक्षिण चीन सागरमा गस्ती र रक्षामा तैनाथ फिलिपिन्सका सैनिकहरुसँग छलफल गर्दैछन् ।
टिप्पणीहरू