उत्तरका पाहुना आइपुगेकै समयमा अमेरिकी अधिकारीको आगमन

उत्तरका पाहुना आइपुगेकै समयमा अमेरिकी अधिकारीको आगमन

नेपालका लागि चीनका राजदूत छन सोङ ग्वाङ्चौबाट काठमाडौं आउनुभएको छ । उहाँ चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६७ मा राति ११ बजे आइपुग्नुभएको बताइएको छ । सोही उडानमा उपमन्त्री तहका उच्च अधिकारी सु पु पनि आउनुभएको छ । 

सु पु राष्ट्रसंघीय महासचिवको सचिवालयमा रहेको उच्चस्तरीय बोर्डको सदस्यसमेत हुनुहुन्छ । 

गएराति नै एक जना अमेरिकी अधिकारीको पनि काठमाडौं आगमन भएको छ । अमेरिकी विदेश मन्त्रालयका डाइभर्सिटी एण्ड इन्क्लुजन चिफ अफिसर जाकिया कार्र जोन्सन मध्यरातमा यहाँ ओर्लिएको बताइएको छ । जाकिया कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहाबाट राति पौने १ बजे काठमाडौं आउनुभएको स्रोतले बतायो ।

टिप्पणीहरू