बाढीपहिरोका कारण भारतलाई १० करोड जरिवाना तिरिँदै

बाढीपहिरोका कारण भारतलाई १० करोड जरिवाना तिरिँदै

नेपाल विद्युत प्राधिकरणले सम्झौताबमोजिम बिजुली निर्यात गर्न नसकेपछि भारतलाई १० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । गत असोज १० र ११ गतेको भीषण वर्षापछि आएको बाढीका कारण विद्युत उत्पादनमा कमी आएपछि निर्यात प्रभावित भएको छ ।

सम्झौताबमोजिम भारतमा बिजुली उपलब्ध गराउन नसकेपछि जरिवाना तिर्नुपर्ने अवस्था उत्पन्न भएको हो । इण्डियन इनर्जी एक्सचेन्जमा ९ सय मेगावाट विद्युत् बिक्रीको प्रतिबद्धता जनाएकै दिन यता बाढी र पहिरोले तीन दर्जनभन्दा बढी जलविद्युत केन्द्र र परियोजनामा ठूलो क्षति पुर्याएको छ । सोही कारण विद्युत उत्पादनमा उल्लेख्य ह्रास आएको हाे।

टिप्पणीहरू