न्युरोडमा अवैध सुन किनबेच गर्दागर्दै

न्युरोडमा अवैध सुन किनबेच गर्दागर्दै
सुन्नुहोस्

प्रहरीले सुन बोकेर हिँड्दै गरेको अवस्थामा काठमाडौंको न्युरोडबाट एक जनालाई पक्रेको छ । राजधानीका न्युरोडलगायत स्थानमा अवैध तरिकाले भित्र्याइएका सुनको कारोबार भइरहेको आशंकामा प्रहरीले खटाएको विशेष अनुसन्धान टोलीले उक्त सुन फेला पारेको बताइन्छ ।  

सुन बोकेका आनन्द साहुको शरीरबाट बिल बिजक नभएको ११६.४५ ग्राम सुन फेला परेको छ । उक्त सुन भारतको कलकत्तास्थित पश्चिम मेदिनीपुरका  ३६ वर्षे प्रशन्जित बेराको भएको साहुले बताए । बेरालाई पनि हिजो पक्राउ गरिएको  छ । 

सुनसहित अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको छ ।

टिप्पणीहरू