कागजात बिनाका दुई दर्जन मोटरसाइकल गौर भन्सारमा
जिल्ला प्रहरी कार्यालय, रौतहटले चाडपर्व लक्षित विशेष सुरक्षा अनुगमनका क्रममा दुई दर्जन बढी मोटरसाइकल बरामद गरेको छ । कार्यालय र मातहत कार्यालयबाट खटिएको टोलीले गत असोज १७ गतेबाट हालसम्म २५ वटा मोटरसाइकल बरामद गरेको हो ।
कार्यालयका सूचना अधिकारी डिएसपी दिपककुमार रायका अनुसार जिल्लाभित्रका विभिन्न स्थानबाट ती मोटरसाइकल समातिएको हो ।
चेकजाँचका क्रममा कागजात नभएको र बेवारिसे अवस्थामा फेला परेको झण्डै २२ लाख २५ हजार रुपैयाँ बराबरको मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए । ती मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको छ ।
टिप्पणीहरू