यसरी प्रमाणित हुन्छ रवि लामिछानेको सहकारी ठगी धन्दा र संगठित अपराध (प्रमाणसहित)
पूर्व सन्चारकर्मी रवि लामिछानेको सहकारी ठगी धन्दा र संगठित अपराध प्रमाणित हुने खालको प्रमाण क्रमशः फेला पर्दैछन् ।
प्रमाण नम्बर १.
न्युज २४ मा सीधा कुरा जनतासँग कार्यक्रम चलाइरहेका रवि लामिछानेले २२ अक्टोबर २०२० (६ कार्तिक २०७७) मा जिबी राई,छविलाल जोशी बन्जाडे र आफूसमेत भएर गोर्खा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आईएमई बैंक, ज्ञानेश्वर शाखामा हस्ताक्षर,फोटो र औंठा छापसहित दिएर ०४०१०१००००५७७ नम्बरको संयुक्त बैंक खाता खोलेका थिए । खाता खोल्ने त्यस कागजमा जिबी राईलाई कम्पनीको अध्यक्ष र छविलाल जोशीलाई सन्चालक देखाईएको छ भने रवि लामिछानेको कुनै पद उल्लेख गरिएको छैन । तीन जनामध्ये कुनै एक जनाको हस्ताक्षरबाट चेक कारोबार हुने उल्लेख छ र तल खाता सन्चालकहरुमा जिबी, छवि र रवि तीन जनाको विवरण र सही छाप छ । हेर्नुहोस् प्रमाणः
प्रमाण नम्बर २.
रवि लामिछानेले २३ फेब्रुअरी २०२१ अर्थात ११ फागुन २०७७ मा ग्यालेक्सी फोर के टेलिभिजन ल्याउने घोषणा म्यारियट होटलमा भब्य समारोहका बीच गर्दा सैयौँ सेलिबृटीको भेला थियो । रविले मन्चमा रहेका जिबी राई, छविलाल जोशीसमेत लाई पुनः परिचय गराउँदै निकट भबिष्यमै नेपालमै नौलो फोरके प्रविधिसहितको टेलिभिजन प्रविधि भित्रिएको उद्घोष गरेका थिए । जिबी राई, अध्यक्ष,छविलाल जोशी उपाध्यक्ष र आफू कम्पनीको प्रबन्ध निर्देशक भनी परिचय दिने उनै हुन् ।
प्रमाण नम्बर ३.
नेपाली नागरिकता लिइनसकेका रविले कुन हैसियतमा ग्लोबल आईएमई बैंकमा ६ कार्तिक २०७७ मा गोर्खा मिडिया नेटवर्कको नाममा संयुक्त खाता खोल्न पाए ? २२ अक्टुबर २०२० देखि २३ फेब्रुअरी २०२१ सम्म सो खातामा कहाँ,कहाँबाट रकम आयो र टेलिभिजन सन्चालन हुनु अघि र सन्चालनमा आएपछि क-कसले,कसरी सो रकम खर्च गरे ? सहकारी ठगी र संगठित अपराधको जालो यहीं नै जेलिएको छ । गम्भीर अनुसन्धानको पाटो भएकाले प्रहरी र अभियोजनकर्ताहरुलाई सहयोग गर्दै आगामी दिनमा प्राप्त प्रमाणको आधारमा खुलासा हुने नै छ ।
टिप्पणीहरू