सम्बोधनको तयारीमा ट्रम्प, जित नजिक पुगेको दाबी
राष्ट्रपतीय निर्वाचनको परिणामले आफूलाई जित नजिक पुर्याएपछि रिपब्लिकन पार्टीका उम्मेदवार तथा भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सम्बोधन गर्न लागेका छन् । अन्तिम परिणामका लागि निर्णायक हुने ठानिएका ‘स्विङ स्टेट’ हरूमा समेत आफू केही अगाडि भएपछि उनले सम्बोधन गर्न लागेको बताइन्छ ।
राष्ट्रपतिमा विजयी हुन आवश्यक २७० इलेक्टोरल कलेज मत नजिक पुगेपछि उनले समर्थकहरुलाई सम्बोधन गर्न लागेका हुने । ‘स्विङ स्टेट’ को रुपमा परिचित नर्थ क्यारलाइना, जर्जिया र पेन्सिल्भेनिआमासमेत ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ ।
निर्वाचन परिणामले संसद्को माथिल्लो सदन पनि रिपब्लिकन पार्टीकै हातमा जाने सम्भावना अत्यधिक देखिएको छ ।
टिप्पणीहरू