श्रीमानको हुल बैंककतिर,सांसद टोली बाकुतर्फ
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गाना थाइल्याण्डको राजधानी बैंकक जानुभएको छ । उहाँहरु बैंककमा भोलिदेखि तीन दिनसम्म हुने न्यायिक स्वतन्त्रता र अखण्डतासम्बन्धी एशिया–प्रशान्त महासागरीय क्षेत्रसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्न जानुभएको बुझिएको छ ।
न्यायाधीशद्वय मल्ल र ढुंगाना हिजो दिउँसो ३ बजे थाई लायन एअरवेजको उडान नम्बर एसएल २२१ मा बैंकक जानुभएको हो । सम्मेलन युएडीपी,जुडिसियल इन्ट्रिग्रेटी नेटवर्क आसियान, थाइल्याण्ड इन्स्टिच्युट अफ जस्टिसको सहकार्य तथा युनेप र युएन वुमन एशिया एण्ड प्यासिफिकको सहभागितामा हुन लागेको हो ।
प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंह हिजै अजरबैजानको राजधानी बाकु प्रस्थान गरेको बताइएको छ । त्यहाँ हुन लागेको कोप २९ मा भाग लिन जानुभएका सिंह भिस्तारा एअरको उडान नम्बर युके १५६ मा साँझ सवा ५ बजे काठमाडौंबाट नयाँ दिल्ली पुग्नुभएको थियो ।
टिप्पणीहरू