बालुवाटारमा नैतिकता र सद्भावनाको चर्चा
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताउनुभएको छ । जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भन्नुभयो, ‘नेपालमा एकातिर हिन्दूू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा गरिबीको दुरुपयोग गरिएको छ ।’ प्रधानमन्त्री ओलीले यस्ता कुरालाई क्रमशः नियन्त्रण गर्दै कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नुु नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीका अनुसार धर्म मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको सम्मान गर्न आग्रह गर्नुभयो । भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारजीलगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूूहरुले गर्दै आएका कामबारे अवगत गराउनुुभएको थियो ।
टिप्पणीहरू