राष्ट्रपति फर्केसँगै अजरबैजानमा विरोध शुरु

राष्ट्रपति फर्केसँगै अजरबैजानमा विरोध शुरु
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्केपछि अजरबैजानको राजधानी बाकुमा जारी प्रदर्शनमा नेपालीहरुसमेत सामेल भएका छन् । विश्व जलवायु सम्मेलन (कोप–२९) स्थलमा नेपालसहित विभिन्न मुलुकका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरिरहेको अवस्था छ । 

जलवायु परिवर्तनबाट उत्पन्न विकराल समस्या समाधानका लागि अर्बौं डलरको कोष परिचालन गर्नुपर्ने निर्णयमा विकसित राष्ट्रहरु सहमत नभएपछि नागरिक समाज विरोधमा उत्रिएको हो । विशेषगरी नेपाललगायत जलवायु परिवर्तनको उच्च जोखिम व्यहोर्दै गरेका मुलुकका नागरिक समाजका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी छन् ।

अजरबैजान सरकारले सार्वजनिक स्थानमा नाराबाजी र प्रदर्शन गर्न रोक लगाएपछि उनीहरुले सम्मेलनस्थलै प्रदर्शन गरेको बताइन्छ । त्यहाँ विश्वका जलवायु अभियन्ताहरु पुग्ने क्रम जारी छ । 

कात्तिक २९ गतेदेखि शुरु भएको सम्मेलन आगामी शुक्रबारसम्म चल्नेछ । राष्ट्रपति पौडेल नेतृत्वको उच्चस्तरीय टोली भने स्वदेश फर्किसकेको छ । तर विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरु बाकु पुग्ने क्रम जारी छ ।

टिप्पणीहरू