भयावह वायु प्रदूषण : भारतमा उडान प्रभावित, पाकिस्तानमा लकडाउन

भयावह वायु प्रदूषण : भारतमा उडान प्रभावित, पाकिस्तानमा लकडाउन
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषणको अवस्था भयावह भएको छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क ‘एक्यूआई’ ५ सयभन्दा माथि पुगेको छ । १५० भन्दा माथिको सूचकाङ्कलाई अस्वस्थ वायु मानिन्छ ।

वायु प्रदूषणका कारण भिजिबिलिटीमा समस्या उत्पन्न भएको छ । यसबाट रेल र हवाई उडान प्रभावित भएको छ । हिजो नयाँ दिल्ली जाँदै गरेका १५ वटा उडान डाइभर्ट भएका थिए भने ४०० उडान डिले भएको बताइन्छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जाँद गरेका १३ उडान जयपुर र देहरादून तथा लखनउमा एक एक वटा उडान डाइभर्ट भएको थियो । 

यसबीच दिल्लीमा दर्ता भएका पूराना मोडेलका डिजेल सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । ट्रक र हलुका व्यापारिक सवारी साधनलाई विशेष अवस्थामा बाहेक राजधानी प्रवेशमा रोक लगाइएको छ ।

सरकारी र निजी कार्यालयलाई ५० प्रतिशत कर्मचारीबाट काम घरबाटै गराउन आदेश दिइएको छ । कक्षा १२ सम्मका सबै कक्षा स्थगित गरिएको छ । कक्षा ५ सम्मका सबै विद्यालयहरुलाई गतसाता नै बन्द गरिएको थियो ।

उता पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तानमा आपतकालको घोषणा गरेको छ । शुक्रबारदेखि अस्तिसम्म पूर्ण लकडाउन गरिएको थियो ।

टिप्पणीहरू