युक्रेनद्वारा रुसमाथि लामो दूरीको बेलायती क्षेप्यास्त्र प्रहार

युक्रेनद्वारा रुसमाथि लामो दूरीको बेलायती क्षेप्यास्त्र प्रहार
सुन्नुहोस्

युक्रेनले रुसमाथि बेलायतले दिएको लामो दूरीको स्टोर्म स्याडो क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र अस्ति प्रहार गरेपछि आज बेलायती क्षेप्यास्त्र हानिएको हो । स्टोर्म स्याडो क्षेप्यास्त्र २५० किलोमीटरसम्म प्रहार गर्न सकिन्छ ।

अमेरिकी क्षेप्यास्त्र प्रहारपछि आक्रोशित रुसले परमाणु हतियार प्रयोगसम्बन्धी आफ्नो सिद्धान्तमा परिवर्तन गरेको छ । उसले युक्रेनको राजधानी किएभमाथि आक्रमण गर्ने चेतावनी दिइसकेको छ ।

उक्त धम्कीपछि अमेरिकालगायत पश्चिमा मुलुकका किएभस्थित आफ्ना दूतावास बन्द गरेका छन् । अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ्ग ल्यान्ड माइन उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी जनवरी २० का दिन सत्ता सम्हालेको २४ घण्टाभित्र युक्रेन युद्ध समाप्त पार्ने बताउँदै आएको सन्दर्भमा पछिल्लो घटना भएको हो ।

टिप्पणीहरू