बेल्जियममा समातेर अमेरिका पुर्याइएका चिनियाँ गुप्तचर अधिकारी फर्कंदै
अमेरिकाको जेलमा रहेका ४२ वर्षीय सु यान्जुनलाई रिहाइ गर्न लागिएको छ । चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारी सुलाई २०१८को अप्रिलमा बेल्जियममा गिरफ्तार गरी अमेरिकालाई सुपुर्दगी गरिएको थियो । अमेरिका सुपुर्दगी गरिएका सु पहिलो चिनियाँ सरकारी गुप्तचर अधिकारी हुन् । उनलाई दुई वर्षअघि जासुसीको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।
यता चीनको जेलमा रहेका तीन जना अमेरिकी बन्दी टेक्सस पुगेका छन् । आफ्ना नागरिक रिहाइको बदलामा अमेरिकाले ती चिनियाँ बन्दीलाई मुक्त गर्न लागेको हो । लामो कूटनीतिक संवादपछि बन्दी साटासाटको सम्झौता भएको न्युयोर्क टाइम्सले जनाएको छ ।
चीनले मार्क स्वीडान, काई लि र जोन लिउङ्गलाई रिहा गरेको जनाएकोछ । ४८ वर्षीय स्वीडानलाई लागुऔषध तस्करी र ६० वर्षीय मार्क लि र ७८ वर्षीय जोन लिउङ्गलाई जासुसी गरेको आरोप लगाइएको थियो ।
टिप्पणीहरू