पत्रकार महासंघको अन्तिम नतिजा : अध्यक्षमा एक हजार ७९ मतको अन्तर

पत्रकार महासंघको अन्तिम नतिजा : अध्यक्षमा एक हजार ७९ मतको अन्तर
सुन्नुहोस्

नेपाल पत्रकार महासंघको शुक्रबार भएको मतदानको अन्तिम परिणाम घोषणा गरिएको छ ।

अध्यक्षमा विजयी निर्मला शर्माले चार हजार २८२ मत प्राप्त गरेकी छन् । प्रेस युनियनका विद्रोही उम्मेदवार रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरेका छन् । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मेदवार शर्माले प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका रमेश विष्टको भन्दा एक हजार ७९ मत बढी ल्याएकी छन् ।

अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत ल्याएका छन् । कार्यसमितिमा निर्वाचित अधिकांश पदाधिकारी शर्मा प्यानलका हुन् ।

टिप्पणीहरू