एकाबिहानै केपी ओलीलाई वामदेवको प्रेम पत्र
प्रिय क. केपी ओली,
तपाईंको स्वर र शैलिमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निस्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि छांगाबाट खसेजस्तो भएँ ! र,पहिलो कर्तब्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ । मैले मेरोमा सेभ भएको तपाईंको फोनमा कल गरेँ तर फोन लागेन । त्यसपछि क. राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । कल रिसिभ गर्नुभयो र सदा झैं नमस्कार कमरेड भन्नुभयो ।
"एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु । तु.वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नपर्ने हुन सक्छ।
त्यसपछि मैले वहाँलाई भनें-एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु । तु.वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नपर्ने हुन सक्छ ।
यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नं. राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु।
क. के पी,म तपाईंलाई चुनौती दिन्छु-मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।
वामदेव गौतम
१ पुस २०८१
यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन ।"
टिप्पणीहरू