भएभरका सभामुख र उपसभामुख पोखरामा भेला
प्रदेश सभाका सभामुख र उपसभामुखहरुको सम्मेलन आजदेखि पोखरामा हुँदै छ । सम्मेलनको उद्घाटन संघीय संसदका सभामुख देवराज घिमिरेले गर्ने बताइएको छ । उहाँ आज बिहान पोखरा जाने कार्यक्रम छ ।
यसअघि प्रतिनिधिसभा र सात वटै प्रदेशका सभामुख, उपसभामुख,राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहितको अन्तर व्यवस्थापिका भेला गत बैशाखमा तानसेनमा भएको थियो ।
लुम्बिनी प्रदेश सभाको आयोजनामा भएको अन्तर व्यवस्थापिका सम्मेलनमा केन्द्र र प्रदेशलाई केन्द्रित गरेर संसदीय बजेट महाशाखासम्बन्धी अवधारणापत्र प्रस्तुत, छलफल र अन्तरक्रिया, अन्तर व्यवस्थापिका कार्यविधिमाथि छलफल, अन्तर व्यवस्थापिका मञ्च नेपाल गठनसम्बन्धी कानुन तथा विविध विषयमा छलफल गरिएको थियो ।
टिप्पणीहरू