भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति ९ बजेर ५१ मीनेटमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको बताइएको छ ।
हिजो साँझ बेहोस भएपछि सिंहलाई एम्समा भर्ना गरिएको थियो । तर उपचारको क्रममा राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
भारतको पन्जाब प्रान्तमा जन्मिएका डा. सिंह भारतीय काँग्रेसबाट सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल लगातार प्रधानमन्त्री बनेका थिए । पहिले अर्थमन्त्री रहेका उनलाई भारतीय परम्परागत अर्थतन्त्रमा सुधार ल्याउने मन्त्रीको रुपमा चिन्ने गरिएको छ ।
टिप्पणीहरू