सेनाका जहाजलाई पाँचतिर पालो
![सेनाका जहाजलाई पाँचतिर पालो](https://janaaastha.prixacdn.net/media/albums/heli_jgIokCYbWL.jpg)
प्रधानसेनापति आज सुदूरपश्चिम जाने कार्यक्रम तय भएको छ । हेलिकोप्टर एनए ०५८ अगुस्टामा बिहानै तेघरी, बैतडी,बझाङ,डोटीका लागि प्रस्थान गर्ने सेड्युल छ ।
सेनाको अर्को हेलिकोप्टर एनए ०५५ इसीयु तालिम उडानको क्रममा बिहान ९ बजे रसुवाको धुन्चे,केन्जिङ गुम्बा, गोसाईंकुण्ड पुगेर अपरान्ह काठमाडौं फर्किंदै छ । त्यस्तै को-पाइलट ट्रेनिङका निम्ति साढे ८ बजेतिर एनए ०६२ कासा हेलिकोप्टर काठमाडौंबाट भरतपुर, भैरहवा,पोखरा हुँदै काठमाडौं आउने बुझिएको छ ।
बिहान साढे १० बजे स्काइ ट्रक काठमाडौंबाट पोखरा,सुर्खेत,भैरहवा पुगेर आउने छ भने बिहान ११ बजे अर्को स्काइ ट्रकबाट चितवनको मेघौली क्षेत्रमा प्याराजम्प गराउने कार्यक्रम छ ।
टिप्पणीहरू