समाज सेवामा सुको छैन,विदेशीलाई डुलाउन हेलिकोप्टर

समाज सेवामा सुको छैन,विदेशीलाई डुलाउन हेलिकोप्टर

श्रीलंकन पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेलाई कर छलीमा सिध्दहस्त  काङ्ग्रेस माननीय विनोद चौधरीले लुम्बिनीका विभिन्न भागको भ्रमण गराएका छन् । श्रीमतीसहित हिजो दिउँसो काठमाडौं आइपुगेका विक्रमासिंघे हिजै अपरान्ह बुद्ध एअरको उडान नम्बर यु४–८०१ बाट भैरहवा हुँदै लुम्बिनी पुगेका थिए ।

चौधरीको निम्तोमा आएका उनीहरुलाई लुम्बिनीस्थित होक्के होटलमा बासको प्रबन्ध मिलाइएको भनिए तापनि होटल कान्साईमा बसेको बुझिएको छ । उनीहरु भैरहवा विमानस्थलबाट बा.२२ च १ नम्बरको गाडीमा लुम्बिनी गएका थिए ।

श्रीलंकाका नवौं राष्ट्रपति रनिलले चौधरी लाई कोलम्बोका केही  बैंक र होटलमा  चोर बाटोबाट लगानीको अवसर उपलब्ध गराइदिएका थिए । सेवाभन्दा नाफालाई अर्जुन दृष्टि दिने चौधरीले आज त्यही गुणको पैँचो तिरेका हुन्  । 

केही दिनदेखि विक्रमासिंघेलाई स्वागत गर्ने परिपन्च मिलाउन नवलपरासीस्थित आफ्नो निर्वाचन क्षेत्रमा शीतलहर खाइरहेका चौधरीले आज पाहुनालाई हेलिकोप्टर चढाएर तिलौराकोट पुर्याएका थिए । दिउँसो साढे १२ बजे उडेको चौधरीको टोली तिलौराकोट दरबार परिसरमा बनाइएको अस्थायी हेलिप्याडमा ओर्लेको थियो ।

त्यसपछि पूर्वी नवलपरासीको नवलपुरस्थित आफैँले बनाएको सिजी टेम्पल पुर्याए । श्रीलंकाली पूर्व राष्ट्रपति दम्पति बिहान लुम्बिनीमा देखा परेको थियो ।

टिप्पणीहरू