विश्वविद्यालयमा धर्ना मात्रै, कहिले होला पढाइ ?
विपक्षी दलनिकट पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीको कार्यकक्ष अगाडि धर्ना दिएका छन् ।
१० बुँदे माग राख्दै उनीहरुले हिजो रातिदेखि रेक्टरको दैलोमा धर्न कसेका हुन् । मेरिटोक्रेसीका आधारमा क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने, समकक्षतासम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत उनीहरुको माग छ ।
यसअघि एमाले निकट अनेरास्ववियुका नेता सिद्धान्त भट्टले १९ दिनसम्म उपकुलपति केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना दिएका थिए । उनले धर्ना तोडेको पर्सिपल्ट अर्को समूह विरोधमा उत्रिएको हो ।
त्रिविमा विद्यार्थीहरुले एकपछि अर्को विरोधका कार्यक्रम गरिरहँदा कर्मचारीहरु पनि आन्दोलनमा ओर्लिएका छन् । करार सेवाका कर्मचारीलाई स्थायी गर्न माग गर्दै त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले आज बिहान देशभरका क्याम्पस र इकाई कार्यालयमा एक घण्टा विरोध प्रदर्शन गरेका हुन् ।
कर्मचारीहरुले कार्यलयको कामकाज छोडी हातमा कालोपट्टी बाँधेर कार्यलय प्राङणमा प्रदर्शन गरे ।
टिप्पणीहरू