यात्रुबाहक बस बजारिँदा ड्युटीका सशस्त्र इन्सपेक्टरको देहान्त

यात्रुबाहक बस बजारिँदा ड्युटीका सशस्त्र इन्सपेक्टरको देहान्त

सर्लाहीको नेपाल–भारत सीमानामा रहेको बोर्डर आउट पोष्ट (बिओपी) छतौनामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका इन्सपेक्टर विजयकुमार तुलाधरको गुडिरहेको बसले थिच्दा मृत्यु भएको छ । तीव्रगतिमा रहेको बागमती प्रदेश ०१–००६ख २००४ नम्बरको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बिओपी नजिकै दुर्घटनाग्रस्त भएको छ ।

राति पौने ९ बजेको समयमा बस अनियन्त्रित भएर पल्टिँदा नम्बर १० गणका इन्सपेक्टर विजयकुमारलाई थिचेको थियो । उपचारार्थ प्रादेशिक अस्पताल मलंगवातर्फ लगे पनि उनलाई राति पौने १० बजे चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । 

बस छतौनाबाट काठमाडौंतर्फ आउँदै थियो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू