रवि लामिछाने फेरि हिरासतमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाईएको छ ।
स्वर्णलक्ष्मी सहकारी घोटालाका प्रतिवादी उनलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासको आदेश बमोजिम लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ लैजाने तयारी छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछानेको ८४ दिन लामो हिरासत बसाई अन्त्य भएको थियो । आज बयानका लागि आफैँ जिल्ला अदालतमा उपस्थित भएका उनको थुनछेक बहस नसकिएकाले प्रहरीको जिम्मा लगाइएको हो ।
टिप्पणीहरू