नेकपा एकीकृत समाजवादीको आम्दानीभन्दा खर्च धेरै
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले पछिल्लो एक वर्षमा आम्दानीभन्दा ३३ लाख रुपैयाँ बढी खर्च गरेको छ । पार्टीले गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको छ ।
आर्थिक वर्ष २०८० / ०८१ मा कुल चार करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएकोमा चार करोड ५७ लाख ४० हजार ८५४ रूपैयाँ खर्च भएको देखिन आएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार पार्टी सदस्यता, नवीकरण, लेबी, प्रकाशन सामाग्री बिक्री वितरण, शुभचिन्तकहरुको सहयोगलगायतबाट पार्टीले आम्दानी गर्दै आएको छ ।
मेची महाकाली जागरण अभियान, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र उपनिर्वाचन एकै वर्ष परेकाले बढी खर्च भएको उनको भनाई छ । अबका दिनमा खर्च कम हुने पौडेलले बताए ।
टिप्पणीहरू