माओवादी शहरी गुरिल्ला चितवनमा प्रकट
3.02K shares
![माओवादी शहरी गुरिल्ला चितवनमा प्रकट](https://janaaastha.prixacdn.net/media/albums/gurilla_fCziwc1ZR4.jpg)
माओवादी जनयुद्धका बेला शहरमा हुने फौजी कारबाहीको बिशेष नेतृत्व गरेको शहरी गुरिल्ला टिम (एसटिएफ)का तत्कालीन कमाण्डरहरुको विशेष भेला चितवनमा सम्पन्न भएको छ ।
तत्कालीन समयमा पोखरा एसटिएफको कमान्ड सम्हालेका कमाण्डर अभिशेकको नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गर्दै भेला सकिएको हो । सम्मेलनका लागि समन्वय गर्न कास्कीमा धिरज राना र किरण थापा अमोद, रुपन्देहीमा सुजित बिक, चितवन लक्ष्मी ढकाल र काठमाडौंमा सुरेन्द्र भुजेल अन्जानलाई जिम्मेवारी तोकिएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी पत्रकार राजु छेत्रीले गर्ने निर्णय छ ।
सौराहामा तीन दिनसम्म चलेको भेलाले माओवादी घटकहरुलाई एकतावद्ध हुन आह्वान गर्दै समाजवादी आन्दोलनमा अघि बढ्न आग्रह गरेको छ । जनयुद्धका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेको छ ।
3.02K shares
टिप्पणीहरू