इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटनामा अर्का इन्सपेक्टरविरुद्ध जाहेरी

इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटनामा अर्का इन्सपेक्टरविरुद्ध जाहेरी
सुन्नुहोस्

सशस्त्र प्रहरी बल (एपीएफ)की प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का इन्स्पेक्टरविरुद्ध जाहेरी परेको छ । 

तनहुँस्थित सशस्त्रकाे मनकामना गणमा कार्यरत एक जना पुरुष इन्स्पेक्टरविरुद्ध कास्की प्रहरीमा किटानी जाहेरी परेको हो । ती इन्सपेक्टरले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको पीडित परिवारको आरोप छ । 

 
हालै इन्सपेक्टरमा नाम निकालेर तालिमको लागि पोखरा पुगेकी सन्तोषी शनिबार राति ब्यारेकमै मृत भेटिएकी थिइन् । उनी सोही सेवामा कार्यरत इन्सपेक्टरसँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ । 

सशस्त्र प्रहरी मुख्यालयले यस घटनाको अनुसन्धान गर्न डिआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेकाे छ । समितिले पोस्टमार्टम रिर्पोटबाट अध्ययन शुरु गरिसकेकाे बताइएको छ ।
 

टिप्पणीहरू