ज्वाइँ हुनुको काइदा, अझै मिल्ला त फाइदा ?

ज्वाइँ हुनुको काइदा, अझै मिल्ला त फाइदा ?
सुन्नुहोस्

गत हप्ता वरियता मिचेर बढुवा गरिएकाहरुले सशस्त्र प्रहरीको नेतृत्व लिने सम्भावना कम मात्र देखिएको छ । यसरी डिआइजी हुनेमा पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भतिजज्वाइँ दीपेन्द्र कुँवर छन् । वरियताअनुसार कृष्णराज पाठक र पहिलो ब्याचका मनीष थापाको बढुवा हुनुपर्ने थियो । तर यी दुवैलाई पाखा लगाउँदै कुँवर र सुदूरपश्चिमकै भट्टले बाजी मारेपछि वर्तमान सरकारको चर्को आलोचना भएको छ । 

स्रोतका अनुसार पेलपाल गरेर डिआइजीमा पदोन्नती भए पनि पावर, पहुँच तथा अन्य कुनै खेल नभएको अवस्थामा आइजीपी हुन सक्ने अवस्था भने कुँवर र थापाको छैन । वैशाख महिनामा एआइजी सिपी गौतम भूपू भएपछि रिक्त पदमा गणेश ठाडा मगर र कमल गिरीमध्ये एक जना एआइजी हुनेछन् । विवादै विवादबीच प्रस्तावित सशस्त्र प्रहरी ऐन लागू हुनेवित्तिकै आइजीपी राजु अर्यालको पनि पदावधि समाप्त हुन्छ । त्यस स्थानमा नारायणदत्त पौडेल र वंशी दाहालमध्येबाट एक जना जानेछन् ।

जसको कार्यकाल तीन वर्षको हुनेछ । त्यसपछि ठाडा वा गिरीमध्ये एक जना लाइनमा चढ्नेछन् । यिनले तीन वर्ष कमाण्ड लिएको अवस्थामा अहिले बढुवा भएका डिआइजीहरुको चार वर्षे अवधि पूरा भइसकेको हुनेछ । तिनको कार्य अवधिबीच ६ वर्षमा दुई नयाँ आइजीपी हुनेछन् । वरिष्ठ डिआइजी दीपक अधिकारी, डिआइजी अन्जनी पोख्रेल र सुरेश श्रेष्ठकोे पनि सम्भावना छ । त्यसपछि कुमार न्यौपाने, कालिदास धौबजी, लक्ष्मण सिंहमध्येबाट एआइजी हुनेछन् । यसमा अरुभन्दा एक वर्ष पहिला फुली थापेका कारण एआइजीपीमा दीपक अधिकारीमात्रै एक्ला दावेदार रहनेछन् । कँुवरहरु डिआइजीबाटै घरतिर लाग्नेछन् । तर, थप दरबन्दी र पदावधि थपलगायतका अनेक दाउपेच चलेको अवस्थामा भने केही भन्न सकिन्न । शेरबहादुर देउवा सत्तामा रहिरहे भने कुँवरको छिर्के दाउ नचल्ला भन्न सकिन्न । 

त्यसो त डिआइजी किशोर प्रधानले पनि एआइजीको दरबन्दी थप्न निकै पहलकदमी लिएका थिए तर असफल भएपछि माघ २० गतेदेखि घर गए । दिपेन्द्र कुँवरले प्रवन्ध महाशाखामा तीन वर्ष अड्डा जमाएका थिए । 
 

टिप्पणीहरू