परिचयपत्र सेवा ठप्प, सेवाग्राही मर्कामा
राष्ट्रिय परिचयपत्र (नेशनल कार्ड) सम्बन्धी सेवा ठप्प भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
पञ्जीकरण विभागको सर्भरमा उत्पन्न समस्या समाधान हुन नसकेपछि सेवा लिन पुगेका आम नागरिक मारमा परेका हुन् । विभागका अनुसार सेवा सुचारु हुन अझै केही दिन लाग्ने छ ।
विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको सर्भर डाउन भएपछि हिजो बिहानदेखि परिचयपत्रसम्बन्धी सेवा बन्द गरिएको हो । शुरुमा बेलुकासम्म सेवा सूचारु गर्ने भनिएपनि मर्मत कार्य गर्न अझै समय लाग्ने भएको छ ।
विभागका अनुसार सर्भर मर्मतको क्रममा रहेको छ । मर्मत कार्य भइरहेकोले निकट भविष्यमा सेवा प्रवाह सुचारु हुने विभागले जनाएको छ ।
विभागद्धारा जारी सूचनामा उल्लेख छ, ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको सर्भर मर्मतको क्रममा रहेको, मर्मत कार्य पुरा नभएकोले राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरणसम्बन्धी सेवा अवरुद्ध भएको र यस विभागबाट मर्मतको कार्य भइरहेकोले निकट भविष्यमा सेवा प्रवाह सुचारु हुने व्यहोरा जानकारी गराउँदछौं ।’
टिप्पणीहरू