ममतालाई मार्ने अमेरिकी सैनिक नरेशको पेशी सर्यो

अमेरिकाको भर्जिनिया राज्यमा क्रुर र पाशविक तवरले घाँटी रेटेर पत्नी ममता काफ्लेको हत्या गर्ने नरेश भट्टविरुद्धको मुद्दामा अस्ति तोकिएको पेशी स्थगित भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतको मार्च २० तारिखको पेशीमा प्रहरी हिरासतभित्र रहेका भट्टलाई उभ्याउने तयारी थियो ।
सेप्टेम्बरमा अन्तिम सुनुवाई र अगष्टमा प्रि सुनुवाई हुने उक्त मुद्दामा त्यसअघिका पेशी स्थगित हुँदा त्यहाँ बस्ने नेपालीहरु विशेषगरी कानुन व्यवसायीले अचम्म मानेका छैनन् । अन्तिम सुुनुवाईअघिका पेशीहरुमा मुख्यतः घटनामा प्रहरीले जुटाएका पछिल्ला प्रमाणलाई अपडेट गराइन्छ । अन्तिम सुनुवाईमा दुबै पक्षका वकिलहरुलाई आफ्ना तर्क र प्रमाण पेश गर्ने मौका दिइन्छ ।
कतिपय अवस्थामा आरोपितले अपराध स्वीकार गर्ने सम्भावना हुने भएकाले बीचका पेशीलाई त्यो अवसरको रुपमा लिने गरिन्छ । भट्टले भने हालसम्म अपराध स्वीकार्ने कुनै सम्भावना नदेखाएको बताइन्छ । न्युयोर्कबाट एक जना नेपाली भन्छन्, ‘अनुसन्धान सहज ढंगले अघि बढेकोमा पेशी स्थगित हुँदैमा केही हुँदैन ।’
उनले ममताको शव नभेटिएको र भेटिने सम्भावना नरहेको ठोकुवा गरेका छन् । प्रहरीले जारी गरेको ४४ वटा सर्च वारेन्ट विभिन्न राज्यमा समेत पठाइएको थियो ।
यसबीच हत्या भएको स्थान मनासस नगरका प्रमुखले पत्रकार सम्मेलन गरेका छन् । उनले ममताको शव नभेटिएको र भेटिने सम्भावना नरहेको ठोकुवा गरेका छन् । प्रहरीले जारी गरेको ४४ वटा सर्च वारेन्ट विभिन्न राज्यमा समेत पठाइएको थियो ।
पछिल्ला केही प्रमाणले ममताको हत्यापछि शवलाई टुक्रा टुक्रा पारेर फोहोर फाल्ने डम्पिङ साइटको फोहोरको थुप्रोमा फालिएको बलियो आशंकातिर धकेलेको छ । भट्टले श्रीमतीको शवलाई बोरा वा झोलामा हालेर डेढ सय किलोमीटर टाढा पुर्याई फालेको अनुमान छ ।
फोहोरको थुप्रोमा फालिएको शवका टुक्रा फोहोर वर्गिकरण गर्ने क्रममा कहाँ पुग्यो भन्ने अन्यौल छ । उक्त व्यवसायमा संलग्नहरुलाई समेत त्यसबारे केही थाहा नभएको अवस्था छ ।
प्रहरी हिरासतमा रहेका नरेशविरुद्ध मुद्दाको मुख्य सुनुवाई सेप्टेम्बरमा हुने भएकाले शव फालेको गतिलो प्रमाणको अभावमा हुने आदेशबारे अनेक चर्चा गर्न थालिएको छ । हुन तः श्रीमतीको शवलाई टुक्रा पारेर बोरामा हालेको सिसिटिभी फुटेज पनि प्रहरीले पहिले नै फेला पारिसकेको छ ।
यता घटनास्थलबाट तत्काल रगतको नमूना संकलन गरी प्राप्त डिएनए नतिजापछि अदालतको ग्राण्ड जुरीले दिएको अनुमतिपश्चात् प्रहरीले छ महिनाअघि अभियोग पत्र अदालतमा लगेको थियो । मंसिर दोस्रो साता पहिलो पेशी राखेको अदालतले अस्ति दोस्रो पेशी तोकेको थियो । सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनुवाइ गरेपछि बल्ल फैसला सुनाइन्छ ।
टिप्पणीहरू