अछाममा दलितलाई दल्ने दुई जना समातिए

अछाममा दलितलाई दल्ने दुई जना समातिए
सुन्नुहोस्

अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ । पन्चदेवल विनायक नगरपालिका ४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय दिनेश नेपालीको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

समातिएकाहरूलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ । निवेदक नेपालीले आफूमाथि पक्राउ परेकाहरू र स्थानीय बखत शाहीलगायतले दलित भएकै कारण हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका थिए । नेपालीका अनुसार उनी अछाम जिल्ला अदालतमा चलिरहेको एउटा मुध्दामा साक्षी बसेका थिए । आरोपितहरुले दलितले साक्षी बस्न नपाउने भनी धम्की दिँदै आएका छन् ।

ज्यान मुध्दाका साक्षी दिनेशलाई आरोपितहरुले अछाम जिल्ला अदालत परिसरमा हातपात गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । फरार रहेका बखत शाही,गणेश शाहीलगायतलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित पक्षले गुनासो गरेको छ ।

टिप्पणीहरू