बिना सूचना ठेक्का आह्वान, अख्तियारद्वारा मुद्दा दायर

बिना सूचना ठेक्का आह्वान, अख्तियारद्वारा मुद्दा दायर
सुन्नुहोस्

धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पालिकाको लेखा हेर्ने छैठौं तहका अधिकृत सुमनकुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृजकुमार यादवविरुद्ध मुद्दा चलाइएको छ ।

आर्थिक वर्ष २०७६–०७७ मा पालिकाका विभिन्न वडामा स्वास्थ्य केन्द्र र डिप बोरिङ हाउस निर्माणका लागि ठेक्का आह्वान गर्ने क्रममा उनीहरुले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

अख्तियारका अनुसार निर्माण कार्यका निम्ति बोलपत्र आह्वान र स्वीकृतको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरुको मिलेमतोमा सूचना प्रकाशन नगरी रकम लेनदेन भएको पाइएको छ ।  

उनीहरुलाई छ लाख ४४ हजार एक सय रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना मागदाबीसहित उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

टिप्पणीहरू