प्रतिपक्षको विरोधपछि सदन अवरुद्ध

प्रतिपक्षको विरोधपछि सदन अवरुद्ध

प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका विपक्षीले संसद अवरुद्ध गरेपछि आजै आधा घण्टापछि बस्नेगरी बैठक स्थगित गरिएको हो । 

सभामुख देवराज घिमिरेले संसद्को कारवाही शुरु भएको जनाऊ दिएलगत्तै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि उनीहरुले मानेनन् । त्यसअघि विपक्षीको तर्फबाट बोलेका माओवादी संसद शक्तिबहादुर बस्नेतले कुलमान बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी नगराएसम्म बैठक चलन नदिने घोषणा गरेका थिए ।

अस्ति सोमबार बसेको क्याविनेट बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलवार नै पदभार ग्रहण गरिसकेका छन् ।

कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भैरहेको छ । सत्तापक्षकै नेताले समेत विरोध गरेका छन् भने केही राजनीतिक दलका भात्री संगठन, विभिन्न संघ संस्था र सर्वसाधारणले हिजो दिनभर काठमाडौँमा प्रदर्शन गरेका थिए ।

टिप्पणीहरू