केपी ओली जिन्दावाद भन्दै सडकमा कुदाकुद

सत्तारुढ नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौँमा मार्चपास र्याली गरेको छ ।
'राष्ट्रिय स्वयंसेवक भेला-२०८१' को पूर्वतयारी तथा प्रचार प्रसारका लागि काठमाडौँ महानगरपालिका-३२ तिनकुनेस्थित रोयल ब्यांकेटअगाडि संघका कार्यकर्ताले नारा-जुलुससहित र्याली निकालेका हुन् । मदन भण्डारी पथको विस्तारित सडकबाट निकालिएको जुलुसमा एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेत पनि सामेल छन् ।
राष्ट्रिय युवा संघका इञ्चार्ज राजीव पहाडी, अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष कृष्णहरि केसी, पुष्प श्रेष्ठ, महासचिव सुमन पूरीलगायत तीन सयजतिको उपस्थितिमा रोयल व्याङ्केटबाट शुरु भएको र्याली तीनकुने चौर परिक्रमा गरी पुनः सोही स्थानमा पुगेर औपचारिक कार्यक्रम गर्ने बताइएको छ ।
र्यालीका क्रममा 'प्रतिगामी तत्वहरू होसियार', 'केपी ओली जिन्दावाद', लोकतन्त्रवादी जिन्दावाद', 'राजतन्त्रवादी मूर्दावाद', विदेशी दलाल मूर्दावाद' जस्ता नारा लागेको छ ।
तस्बिरहरु
टिप्पणीहरू