काभ्रेका जिसस प्रमुख पक्राउ

काभ्रेका जिसस प्रमुख पक्राउ

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम समातिएका छन् । बैंकिङ्ग कसुरको आरोपित उनलाई प्रहरी वृत्त, बानेश्वरले आज बिहान नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले गौतम पक्राउ परेको जानकारी दिए । ‘उहाँ प्रहरी वृत्त, बानेश्वरको हिरासतमा हुनुहुन्छ । बैंकिङ्ग कसूरको आरोपमा आज बिहान समातिएको हो’,उनले भने ।  

गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट जिसस प्रमुखमा निर्वाचित भएका हुन् ।

टिप्पणीहरू