वृद्धवृद्धालाई राष्ट्रिय परिचयपत्रको सास्ती, सिडिओ कार्यालयमा ज्येष्ठ नागरिकको प्राणान्त

वृद्धवृद्धालाई राष्ट्रिय परिचयपत्रको सास्ती, सिडिओ कार्यालयमा ज्येष्ठ नागरिकको प्राणान्त

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सल्यान पुगेका एकजना ज्येष्ठ नगरिकको मृत्यु भएको छ । परिचयपत्र बनाउने क्रममा सिडिओ कार्यालयको तल्लो तलामा चिप्लेर लडेका बागचौर नगरपालिका ७ टाटकेका ७० वर्षिय टीकाराम वलीको तत्काल निधन भएको बताइन्छ ।

आज बिहान पौने १२ बजेतिर लडेका वलीलाई अस्पताल पुर्याए पनि तत्काल निधन भएको प्रहरीले जनाएको छ । राष्ट्रिय परिचयपत्र बनाउने कोठा बाहिर लडेका उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

टिप्पणीहरू