भोलिको प्रदर्शनप्रति विदेशीहरु सशंकित, अष्ट्रेलियन दूतावासद्वारा विज्ञप्ति

भोलिको प्रदर्शनप्रति विदेशीहरु सशंकित, अष्ट्रेलियन दूतावासद्वारा विज्ञप्ति

काठमाडौंमा भोलि हुन लागेका दुई छुट्टाछुट्टै खालका प्रदर्शनप्रति विदेशी दूतावास तथा नियोगहरुले चासो देखाएका छन् । नेपालस्थित अष्ट्रेलियन राजदूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । 

भोलि गणतन्त्र पक्षधर विपक्षी दलहरु र राजावादी समूहले काठमाडौंमा गर्न लागेको छुट्टाछुट्टै प्रदर्शनले यातायात अवरुद्ध हुने जनाइएको छ । दूतावासले आफ्ना नागरिकलाई आवतजावतमा ध्यान दिन अनुरोध गरेको छ । 

भोलिको प्रदर्शनका कारण राजधानीको ट्राफिक अवरुद्ध हुनसक्ने जनाउँदै  सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

टिप्पणीहरू