बैंककबाट भारतीयहरुले फेरि ल्याए गाँजा

थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौं आएका दुई जना भारतीय २० किलोग्राम गाँजासहित पक्राउ परेका छन् । थाइ एअरवेजको उडानमा आज दिउँसो आएका मुम्बईबासी भारतीयले गाँजा ल्याएका हुन् ।
एक महिला र एक पुरुष यात्रुको लगेजमा २० किलोग्राम गाँजा फेला परेपछि उनीहरुमाथि प्रारम्भिक अनुसन्धान थालिएको बुझिएको छ । पछिल्लो समय बैंकक र कोलम्बोबाट भारतीयहरुले गाँजा यता ल्याउने गरेको पाइएको छ ।
नेपालबाट स्थलमार्ग हुँदै भारत लैजाँदै गरेको अवस्थामा सीमावर्ती जिल्लामा ठूलो परिमाणमा गाँजा बरामद हुने गरेको छ ।
टिप्पणीहरू