अख्तियारको फन्दामा दोहोरो जन्मदर्ता गर्ने वडाध्यक्ष

अख्तियारको फन्दामा दोहोरो जन्मदर्ता गर्ने वडाध्यक्ष

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ का वडासचिव प्रभात लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । घुस बुझेर एउटै व्यक्तिको दोहोरो जन्मदर्ता बनाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको छ । 

आयोगले स्थानीय दिनेश लामिछानेविरुद्ध पनि मुद्दा दायर गरेको छ । आयोगका अनुसार वडासचिव लामिछानेले उनको दोहोरो जन्मदर्ता गरेर साढे दुई लाख रुपैयाँ घुस लिएका थिए ।

दिनेशको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्मदर्ता भएकोमा पुनः दिनेश लामिछाने नाममा फरक जन्ममिति वा झुट्टा विवरणका आधारमा जन्मदर्ता बनाएको देखिन आएको बताइन्छ । प्रभातले घुस रकम आफ्नो बैङ्क खातामा जम्मा गर्न लगाएको अख्तियारको भनाइ छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम साढे दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको हो ।

टिप्पणीहरू