कुलमान र हितेन्द्रको रिट एउटै इजलासमा

कुलमान र हितेन्द्रको रिट एउटै इजलासमा

नेपाल विद्युत प्राधिकरणका यसअघिका र वर्तमान प्रबन्ध निर्देशकले दायर गरेको छुट्टाछुट्टै रिट निवेदन सर्वोच्च अदालतको एउटै इजलासमा परेको छ । न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा क्रमश ः पेशी नम्बर २ र ५ मा छ ।

कुलमान घिसिङले गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदरसँगै पुनः बहालीको माग गरेका छन् । उनीपछि नियुक्त हितेन्द्रदेव शाक्यले यसअघि आफूलाई पनि निष्कासन गरिएको र अहिले पदबहाली गरेकाले कुलमानको पदावधि बाँकी नरहेको उल्लेख गरेका छन्  ।

टिप्पणीहरू