नेपाली सेनाको टोली सवार विमान कोलकाता ‘डाइभर्ट’

मध्य अफ्रिकी गणतन्त्रबाट नेपाली सेनाको डफ्फा बोकेर आएको इथियोपियन एअरलाइन्सको विमान कोलकाता डाइभर्ट भएको छ । बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने उडान नम्बर इटी ८८०४ को विमान साढे ९ बजे त्यसतर्फ प्रस्थान गरेको बताइन्छ ।
लामो समयसम्म आकाशमा होल्ड गरेर पनि काठमाडौंमा अवतरण गर्न नसकेपछि विमान डाइभर्ट भएको थियो । मध्य अफ्रिकी गणतन्त्रमा शान्ति सेनामा तैनाथ नेपाली सेनाको नवौं डफ्फा उक्त उडानमा स्वदेश फर्केको हो ।
दि फेमस महिन्द्रदल गणको शान्ति सेना छैठौं डफ्फा र सैनिक प्रहरी युनिटको नवौं डफ्फाको टोली कार्यकाल पूरा गरेर स्वदेश फर्केको बताइन्छ ।
टिप्पणीहरू