राजावादी आन्दोलन हिँसात्मक मोडमा, मिडिया र दलका कार्यालयसमेत तोडफोड

राजावादी आन्दोलन हिँसात्मक मोडमा, मिडिया र दलका कार्यालयसमेत तोडफोड

निषेधित क्षेत्र तोड्दै आफै गाडी  हाँकेर कुदेका दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीहरुको प्रदर्शन अराजकतामा परिणत भएपछि काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । 

राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले त्यहाँ सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । मेडिकल माफिया दुर्गा प्रसाईंको नेतृत्वमा सडकमा उत्रिएका राजावादीले यत्रतत्र आगजनी र तोडफोड गरेका छन् । दिउँसो तीनकुनेस्थित व्यक्तिको घरमा ढुंगामुढा र आगो लगाएका उनीहरुले सरकारी गाडीमा आगजनी गरेका छन् । 

राजावादीहरुले तीनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालयमा पनि आगो लगाएका छन् भने कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ ।

झुण्ड झुण्डमा अराजकता मच्चउँदै हिँडेको राजावादी समूहले सरकारी अड्डा, राजनीतिक दलको कार्यालय, सञ्चार गृह, व्यापारिक कम्प्लेक्समा आगो लगाएका छन् । केहीबेरअघि आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको मुख्यालयमा तोडफोड गरेका उनीहरु माओवादी केन्द्रको पार्टी कार्यालय छिर्ने प्रयासमा देखिएका छन् । 

राजावादीहरुले तीनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालयमा पनि आगो लगाएका छन् भने कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । 

भर्खरै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आगो झोस्ने प्रयास गरेको खबर छ । सिनामंगलस्थित प्राधिकरणको प्रधान कार्यालयअगाडि बीच सडकमा टायर बालेर ढुङ्गामुढा गरेका उनीहरु प्रहरीमाथि जाइलागेपछि दोहोरो भिडन्त भएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ भने राजावादीहरुले ढुंगा हानिरहेका छन् ।
 

टिप्पणीहरू