हिंसात्मक घटनाको जिम्मेवार आयोजक : गृह मन्त्रालय

हिंसात्मक घटनाको जिम्मेवार आयोजक : गृह मन्त्रालय

गृह मन्त्रालयले हिंसात्मक प्रदर्शनका कारण भएका घटनाको जिम्मेवारी स्वयम् आयोजकले लिनुपर्ने बताएको छ ।राजावादीहरुद्वारा गरिएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालले उक्त प्रतिक्रिया दिएको हो । 

व्यक्तिका निजी सम्पत्ति, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरुमाथि भएको तोडफोड तथा आगजनीका घटनाको घोर भत्र्सना गरिएको छ । मन्त्रालयले भनेको छ, ‘यस्ता हिंसात्मक एवं अपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रुपमा जिम्मेवार छन् ।’

शान्तिपूर्ण तरिकाले आफ्नो विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको हिंसापूर्ण एवम् अराजनीतिक गतिविधिबाट कोही कसैको भलाई नहुने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आम नागरिकलाई हार्दिक अपिल गर्दै कानूनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध छ ।’

टिप्पणीहरू