दुर्गा प्रसाईंका भित्रियाहरु धमाधम समातिँदै

दुर्गा प्रसाईंका भित्रियाहरु धमाधम समातिँदै

प्रहरीले दुर्गा प्रसाईंका अति निकट मानिने युवा समूहका कमाण्डरलाई नियन्त्रणमा लिएको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ समूहका मुनिन्द्र राजभण्डारीलाई बालाजुमा पक्राउ गरिएको बताइएको छ ।

हिजो तीनकुने, कोटेश्वर, सिनामंगल क्षेत्रमा राजावादीहरुले गरेको आगजनी, तोडफोड र लुटपाटमा संलग्न राजभण्डारीलाई नियन्त्रणमा लिइएको हो । यसअघि रविन्द्र मिश्र, धवलशमशेर, स्वागत नेपाल, धर्मगुरु पुष्कर खतिवडालगायत एक सयभन्दा बढीलाई पक्रिएको छ ।

प्रहरीले प्रसाईंको खोजी जारी राखेको जनाएको छ ।

टिप्पणीहरू